Kath Khabar
नेप्सेमा १० अंकले गिरावट


काठमाडौं, माघ ४। नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार १० दशमलव ७८ अंकले घटेर २९ सय ३६ दशमलव ६६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स भने एक दशमलव १० अंकले बढेर पाँच सय ४७ दशमलव ४६ अंकमा पुग्न सफल भएको छ । आज दुई सय २४ वटा कम्पनीहरूको एक लाख १५ हजार नौ सय ५८ पटकको कारोबारमा एक करोड ६० लाख चार हजार पाँच सय ३० कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट यसदिन कुल कारोबार रकम आठ अर्ब ४४ करोड ३४ लाख १९ हजार पाँच सय ६१ रुपैयाँ ८६ पैसा पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोवार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, होटल तथा पर्यटन, सामूहिक लगानी कोष र अन्य सहितका चार वटा समुहहरूको सूचक बढेकाछन् भने विकास बैंक, जीवन बीमा, जलविद्युत, निर्जीवन बीमा, फाइनान्स, लगानी, उत्पादकमूलक, लघुवित्त र ट्रेडिङ सहितका नौ वटा समुहहरूको सूचक घटेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सामलिङ पावर कम्पनी, मध्यभोटेकोसी जलविद्युत कम्पनी, ओरेन्टल होटल, बरुण हाईड्रो पावर कम्पनी आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मानुषी लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने अपि पावर लिमिटेड, नेपाल टेलिकम, मध्यभोटेकोसी जलविद्युत कम्पनी आदि परेकाछन् ।  

 

 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update