Kath khabar
दराज नेपालको नयाँ प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त


काठमाडौं, माघ ४। नेपालको अग्रणी अनलाइनबजार दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको छ । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्डइनमा यो खबर घोषणा गर्नुभएको थियो।

नेपालमा जन्मिएकी आँचलले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एम बि ए, गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बि एस सकाएर १३ वर्ष युएस कर्पोरेट क्षेत्रमा काम गर्नुभयो । यो अवधिमा, उहाँले कार्लसन वागोनलिट ट्राभल र इ-कमर्स अग्रगामी, अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गर्नुभयो, जहाँ उहाँले स्विडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट जस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गर्न सहयोग गर्नुभयो ।

वर्तमान एमडी लिनो अहलेरिङले सिङ्गापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि आँचलले पदभार ग्रहण गर्नुहुनेछ । अहलरिङले भन्नुभयो, “दराजका लागि यो निकै रोमाञ्चक समय हो । विगत ३.५ वर्षमा देशमा इ-कमर्स निर्माण र यस उद्योगको जग बसाल्नु ठूलो सम्मानको कुरा हो। हामीसँग सात सय ५० भन्दा बढी डरजियनसको उत्कृष्ट टोली छ र सामान्यतया दराज र ई-कमर्सको भविष्य अत्यन्त उज्ज्वल हुनेछ । आँचलको नेतृत्वमा दराज अझ ठूलो उचाइमा पुग्नेमा म विश्वस्त छु र यहीभन्दै म उहाँलाई र सम्पूर्ण दराज नेपालको टोलीलाई शुभकामना दिन चाहन्छु ।“


 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update