Kath Khabar
थप ११ हजार तीन सय ५२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

काठमाडौं, माघ ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार तीन सय ५२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल २३ हजार चार सय नौ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार छ सय ६८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप छ सय १३ जना संक्रमणमुक्त भएका छन् ।  

मन्त्रालयका अनुसार काठमाडौ उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप छ हजार तीन सय ४३ जना संक्रमित भएकाछन । जसमध्ये काठमाडौ जिल्लामा चार हजार छ सय ६६, ललितपुर जिल्लामा एक हजार १९ र भक्तपुर जिल्लामा पाँच सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update