Kath khabar
भेरोसेल, सिनोफार्म र जोन्सन खोप लगाएका व्यक्तिहरुलाई जर्मनीले भिसा नदिने

जर्मनी, माघ ६। नेपालस्थित जर्मनी दूतावासले माघ ७ गतेदेखि कोभिड-१९ विरुद्धको खोप लगाएकालाई मात्र भिसा दिन सक्ने जनाएको छ । तर भेरोसेल, सिनोफार्म र जोन्सन खोप लगाएकाहरुलाई जर्मनीले भिसा नदिने निर्णय गरेको छ । चिनिया खोपहरु जस्तै  भेरोसेल, सिनोफार्म र  अमेरिकी जोन्सन खोप लगाएकालाई भिसा आवेदन प्रक्रियामा सामिल गर्न नसकिने दुतावासले जनाएको छ।  

जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीले जर्मनी दूतावासबाट भिसा लिन चाहेमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना र बायोएनटेक खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ । जर्मनीको पछिल्लो खोप नीतिले भेरोसेल, सिनोफार्म र जोन्सन खोप लगाएकालाई पनि ‘खोप नलगाएकै सरह व्यवहार गरिने’ उल्लेख गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update