Kath Khabar
शेयर बजारमा ३३ अंकले सुधार

काठमाडौं, माघ ६। नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने ३३ दशमलव तीन अंकले बढेर २९ सय ३१ दशमलव ३४ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव नौ अंकले बढेर पाँच सय ४३ दशमलव ७४ अंकमा पुग्न सफल भएको छ । आज दुई सय २९ वटा कम्पनीहरुको ७५ हजार पाँच सय ८२ पटकको कारोबारमा एक करोड ५९ लाख ८९ हजार सात सय ४४ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब ७७ करोड ३१ लाख २० हजार चार सय नौ रुपैयाँ १८ पैसा पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । सो मध्ये वाणिज्य बैंक र सामूहिक लगानी कोष समुहको सूचक घटेकाछन् भने विकास बैंक, जलविद्युत, जीवन बीमा, फाइनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मैलुङ खोला जलविद्युत कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, खानीखोला हाइड्रो पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने आईसीएफसी फाइनान्सको ऋणपत्र, समता लघुवित्त वित्तीय संंस्था, मध्यभोटेकोसी जलविद्युत कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आईएमई जनरल इन्स्योरेन्स कम्पनी, नेपाल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक आदि परेकाछन् ।


 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update