Kath khabar
काठमाडौं महानगरपालिकाले निर्णय विपरित सञ्चालन भइरहेका विद्यालयलाई कारबाही गर्ने


काठमाडौं, माघ ७। सरकारले दिएको निर्देशनको अवज्ञा गर्दै कोरोना महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेकोले काठमाडौं महानगरपालिकाले कारबाही गर्ने चेतावनी दिएको छ । सरकारले दिएको निर्देशनलाई अवज्ञा गर्दै महानगरपालिकाका वडा नं १५ र १८ तथा कामपाकै केही वडामा विद्यालय सञ्चालन भइरहेको जनाइएको छ ।

कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गएको पुस २७ गतेदेखि सबै विद्यालय बन्द गर्ने निर्देशन दिएकोे थियो । 'उपत्यकामा महामारी तिब्र बढिरहेको सन्दर्भमा यो समयमा विद्यालय खोल्नु घातक छ, यो तत्काल नरोके कडा कारबाही हुन्छ', महानगरपालिकाका शिक्षा विभाग प्रमुखले बताउनुभयो ।

 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update