Kath Khabar
२३ हजार ९२ जनामा परिक्षण गर्दा १० हजार सात सय तीन जनामा कोरोना पुष्टि

काठमाडौं, माघ ७। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १० हजार सात सय तीन जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल २३ हजार ९२ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संव्रmमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार छ सय ३५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update