Kath Khabar
पल र सुनिलको सहकार्यमा तयार भयो ‘को होला त्यो २’ फिमेल भर्सन


काठमाडौं, माघ ८ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत ‘को होला त्यो २’ को फिमेल भर्सन ‘तिमी आउँछौ की भनी’ को भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द, संगीत गायक गिरीकै रहेको छ भने गायिका सुमन गुरुङ्गको स्वर रहेको छ । गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । पल शाह र कृष्टिना थापाको अभिनय रहेको भिडियोमा प्रेमिकाले आँफुले औधी माया गरेका प्रेमीको पर्खाइ र सम्झनामा बितेका दिनहरुलाई निर्देशक अनिल के मानन्धरले गज्जबसँग प्रस्तुत गर्नुभएको छ ।

नयाँ-नयाँ लोकेशनमा आफ्ना एक पछि अर्को भिडियोहरु छायांकन गर्दे बजारमा ल्याइरहनुभएका गायक गिरीले ‘तिमी आउँछौ की भनी’ मा दर्शकले बिल्कुलै नयाँ स्वाद पाउने बताउनुभयो । भिडियोको छायांकन पनि निर्देशन अनिल के मानन्धरले नै गर्नुभएको छ भने सम्पादन र कलरिगं मनोज कार्कीले गर्नुभएको छ ।  

भिडियो लिंंक
https://www.youtube.com/watch?v=g4vIeKJ8C8w

 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update