Kath Khabar
थप १० हजार दुई सय ५४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

काठमाडौं, माघ ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १० हजार दुई सय ५४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल २० हजार एक सय ८७ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार छ सय ५१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप सात सय आठ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार आठ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update