Kath Khabar
नेप्सेमा १० अंकले गिरावट

काठमाडौं, माघ ९ । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्सेमा गिरावट आएको छ । नेप्से आज १० दशमलव ८३ अंकले घटेर २९ सय २० दशमलव ५१ अंकमा खुम्चिएको छ भने सेन्सिटिभ शून्य दशमलव शून्य छ अंकले बढेर पाँच सय ४३ दशमलव ८० अंकमा पुग्न सफल भएको छ । आज दुई सय ३२ वटा कम्पनीहरुको ८७ हजार चार सय ७८ पटकको कारोबारमा एक करोड ४७ लाख चार हजार दुई सय ७७ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कुल कारोबार रकम सात अर्ब तीन करोड पाँच लाख आठ हजार दुई सय ६३ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, जलविद्युत, विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, लघुवित्त र लगानी सहितका आठ वटा समुहहरूको सूचक घटेकाछन् भने निर्जीवन बीमा, जीवन बीमा, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष सहितका पाँच वटा कम्पनीहरूको सूचक बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये वीन नेपाल लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी आदि बढी कमाउने कम्पनीहरूको सुचीमा परेकाछन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा गोर्खाज फाइनान्स, सामलिङ पावर लिमिटेड, मञ्जुश्री फाइनान्स आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, शिखर इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।


 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update