१७ हजार चार सय ३७ जनामा परिक्षण गर्दा छ हजार चार सय ६२ जनामा कोरोना पुष्टि
चार जनाको मृत्यु, १४ सय १६ जना संक्रमणमुक्त
काठमाडौ, माघ ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा छ हजार चार सय ६२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १७ हजार चार सय ३७ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार छ सय ६५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ सय १६ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८ १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय