काठमाडौं, माघ ९ । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा नेटर्वर्किङ मार्केटिङ अन्तर्गतको कारोबार तथा व्यवसाय गैरकानुनी रहेको भन्दै त्यस्तो कारोबार नर्गन नगराउन कडा निर्देशन दिएको छ ।
राष्ट्र बैंकले आईतबार सुचना जारी गर्दे भनेको छ, हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टोेकरेन्सीहरुको कारोबार प्रयोग गर्न तथा त्यस्ता भर्चुअल करेन्सी, क्रिप्टोेकरेन्सीहरुसँग सम्वन्धित हाईपर फन्ड जस्ता कोषमा लगानी गर्न जोसियल, क्राउड १, सोलम्याक्स ग्लोवल जस्ता पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङमा आवद्ध हुन प्रोत्साहन गर्ने गराउने गरेको जानकारी प्राप्त हुुन आएकाले सो सम्वन्धमा यस बैंकको गम्भिर ध्यानाकर्षण भएको छ ।
नेपालमा बिदेशी बिनियम वा मुद्राकोरुपमा भर्चुअल करेन्सी, क्रिप्टोेकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपयुक्त बमोजिमका गैरकानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजीको पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा बिदेशी नागरिक र बिदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे गराईएको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही हुुने छ, सुचनामा भनिएको छ ।