पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई सवारीमा चढ्ने र ओर्लने सुविधा
काठमाडौं, माघ १०। महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेशराज जोशीको निर्देशन अनुसार सो व्यवस्था आजदेखि शुरू गरिएको हो ।
महाशाखाले उक्त पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाँउ लेखिएको बोर्ड पनि राखेको छ । फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जानेछौं, एसएसपी जोशीले बताउनुभयो ।
ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक सह(चालक तथा यात्रुबर्गहरुलाई तोकिएको स्थानबाट मात्रै पिक एण्ड ड्रप गर्न पनि अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८ १३:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय