
काठमाडौं, माघ १० । शेयर बजार रातै भएको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से एक सय दशमलव १० अंकले घटेर २८ सय २० दशमलव ४१ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि १८ दशमलव २० अंकले घटेर पाँच सय २५ दशमलव ९० अंकमा सीमित हुन पुगेको छ । आज दुई सय २८ वटा कम्पनीहरूको एक लाख १३ हजार दुई सय पाँच पटकको कारोबारमा एक करोड ७० लाख ६३ हजार आठ सय ३३ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कुल कारोबार रकम आठ अर्ब ८८ करोड ८५ लाख १३ हजार एक सय ७७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज वीन लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेकाछन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा कर्णाली विकास बैंक, तेह्रथुम पावर लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अपि पावर लिमिटेड, एनआईसी एशिया बैंक, अरुण भ्याली हाइड्रो पावर कम्पनी आदि परेकाछन् ।