
काठमाडौं, माघ ११। युट्युब (Youtube) सबैको व्यवसाय प्रवर्द्धन गर्ने एउटा उत्तम प्लेटफर्म हो। युट्युब एउटा यस्तो ट्रेन्डिङ मिडिया हो जसको माध्यमबाट हामी चाँडै नै आफूलाई प्रख्यात बनाउन सक्छौं र साथै हामीले पैसा खर्च गर्नु पर्दैन वा कडा परिश्रम गर्नुपर्दैन किनभने युट्युबले सबैलाई आफ्नो भिडियो वा जुनसुकै कुराले प्रसिद्ध हुनको लागि निःशुल्क सुविधा दिन्छ। युट्युबमा हर कोहीले आफ्नो च्यानल बनाएर निःशुल्क भिडियोहरू अपलोड गर्न सकिन्छ ।
युट्युबबारे केहि महत्त्वपूर्ण कुराहरू
• युट्युब गुगलको सेवा हो।
• २००५ को फेब्रुअरीमा तीन पेपल कर्मचारी जावेद करिम, स्टीव चेन र चाड हर्लेद्वारा सिर्जना गरिएको थियो।
• युट्युबमा पहिलो भिडियो सन् २००५ मा जावेद करिमले शनिबार २३ अप्रिलमा अपलोड गर्नुभएको थियो ।
• युट्युब डेटिङ वेबसाइटको रूपमा सुरु भएको थियो।
• २००६ मा युट्युबलाई गुगलद्वारा $१.६५ बिलियनमा किनेको थियो।
• YouTube.com को लागि डोमेन भ्यालेन्टाइन डे मा दर्ता गरिएको थियो।
• २००७ मा सिर्जना गरिएको, युट्युब साझेदार कार्यक्रममा आज विश्वका लगभग २७ देशहरूमा ३०,००० भन्दा बढी कर्मचारीहरू छन्|
• २०११ मा संसारमा लगभग हरेक व्यक्तिको लागि युट्युबमा औसत १४० हेराइहरू थिए।
• युट्युबमा १ मिनेटमा ३०० घण्टाको भिडियो अपलोड हुन्छ।
• युट्युबमा हरेक दिन ५ हजार अर्ब भिडियो हेरिन्छन् ।
• युट्युब गुगल र फेसबुकपछि विश्वको तेस्रो ठूलो वेबसाइट हो।
• सन् २०११ देखि युट्युबमा मोबाइल प्रयोगकर्ताको संख्या तीन गुणा बढेको छ।
• युट्युबमा हरेक हप्ता 3 बिलियन भिडियोहरू मुद्रीकरण गरिन्छ।
• युट्युबमा ९०% भिडियोहरू एच डी (HD) क्वालिटीका छन्।
• युट्युब गुगल पछि विश्वको दोस्रो ठूलो सर्च इन्जिन हो।
• युट्युबमा जस्टिन बिबरको भिडियोमा सबैभन्दा धेरै ८,३०२,४०८ लाइक छ।
• युट्युबमा सबैभन्दा लोकप्रिय ब्याट्सम्यान हो।
• युट्युबको १००% प्रयोगकर्ताहरू मध्ये, ४४% प्रयोगकर्ताहरू महिला छन्।
• यदि तपाइँ युट्युबमा अपलोड गरिएका सबै भिडियोहरू हेर्न चाहनुहुन्छ भने, तपाइँलाई आजबाट १७ देखि १८ वर्ष लाग्न सक्छ।
• युट्युबमा पहिलो पटक अपलोड गरिएको भिडियोको नाम 'मि एट द जु' (Me at the Zoo) थियो।
• युट्युब चीन, ब्राजिल, पाकिस्तान र इरान जस्ता देशहरूमा प्रतिबन्धित छ।
• युट्युबमा सबैभन्दा धेरै खोजिने शब्दहरू कसरी चुम्बन गर्ने भन्ने हो।
• युट्युबमा सबैभन्दा धेरै हेरिएको भिडियो ग्याङ्नम स्टाइल (Gangnam Style) हो ।
• युट्युबमा प्रतिदिन मोबाइल प्रयोगकर्ताहरूको संख्या १,०००,०००,००० भन्दा बढी छ।