
काठमाडौं, माघ ११ । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से घटेको छ । नेप्से आज पाँच दशमलव ५९ अंकले घटेर २८ सय १४ दशमलव ७४ अंंकमा सीमित हुँदा सेन्सिटिभ पनि एक दशमलव १७ अंकले घटेर पाँच सय २४ दशमलव ८६ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २९ वटा कम्पनीहरूको ७२ हजार चार सय एक पटकको कारोबारमा ९७ लाख ८४ हजार छ सय ५१ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट कारोबार रकम पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार छ सय २७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । सो मध्ये जीवन बीमा समुहको सूचक बढेर हरियो देखिएको छ भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहहरूको सूचक घटेर पुरै रातो भएकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज वीन लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रो पावर लिमिटेड, कालिका पावर लिमिटेड आदिको शेयर मूल्य बढेकाछन् भने कृषि विकास बैंकको ऋणपत्र, गोर्खाज फाइनान्स, सनराइज ब्लु चिप फन्ड आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने एसियन लाइफ इन्स्योरेन्स कम्पनी, अपि पावर लिमिटेड, एनआईसी एशिया बैंक आदि परेकाछन् ।