Kath Khabar
२५ हजार नौ सय नौ जनामा परिक्षण गर्दा १२ हजार आठ जनामा संक्रमण पुष्टि

काठमाडौं, माघ ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार आठ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल २५ हजार नौ सय नौ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार छ सय ६७ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन हजार ४० जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार नौ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update