Kath khabar
जापानको एक कम्पनीले बनायो डिजेल र पेट्रोल नचाहिने जेनेरेटर, यसै वर्षबाट बिक्री सुरु

जापान, माघ १२। जापानको एक कम्पनीले पोर्टेबल पावर जेनेरेटर बिक्री सुरु गर्ने भएको छ । यसले अब आपतकालिन अवस्था विद्युत आपुर्तिका लागि  ठुला जेनेरेटरहरु बोकेर हिड्नुपर्ने झन्झट हट्नेछ । जापान स्टार्टअप साईटमको उत्पादनमा बजारमा सार्वजनिक गरिने यस जेनेरेटर, ब्रिफकेस जत्रो हुनेछ । यो बोकेर सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिनेछ । यसको आकार ब्रिफकेस जस्तो भएकाले बोक्न सजिलो हुनेछ । यो जेनेरेटर चलाउन डिजेल र पेट्रोल पनि नचाहिने बताईएको छ ।

यसका लागि हाईड्रोजन ग्यासका कार्ट्रिज प्रयोग गरिनेछ । जसले विद्युत उत्पादन गर्नेछ । साईटमले प्रोटोटाईप प्रणालीमा ३० वाटसम्मको आउटपुट दिन सक्ने जेनेरेटर बनाएको हो । साईटमले यो जेनेरेटरको बजार मूल्य अझै तोकिसकेको छैन तर ५० हजार येन जति मूल्य तोक्नेबारे छलफल भईरहेको बुझिएको छ । यस कम्पनीको मुख्य कार्यलय भने जापानको ईसिखावा प्रान्तमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update