Kath Khabar
नेप्सेमा ३८ अंकले गिरावट, सबै सूचकहरू रातै

काठमाडौं, माघ १२ । आज बुधबार पनि नेप्से घटेको छ । नेप्से आज ३८ दशमलव ४२ अंकले घटेर २७ सय ७६ दशमलव ६५ अंकमा सीमित हुन पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव छ अंकले घटेर पाँच सय १८ दशमलव ३४ अंकमा सीमित हुन पुगेको छ। नेप्से आज दुई सय ३३ वटा कम्पनीहरूको ६१ हजार चार पटकको कारोबारमा ९३ लाख ५८ हजार सात सय कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समुहहरूको सूचक पनि घटेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज बुद्धभूमि नेपाल हाइड्रो पावर लिमिटेड, बीन लघुवित्त वित्तीय संस्था, चन्द्रागिरी हिल्स लिमिटेड आदिको शेयर मूल्य बढेकाछन् भने तेह्रथुम पावर लिमिटेड, पोखरा फाइनान्स, सामलिङ पावर लिमिटेड आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अरुण भ्याली हाइड्रो पावर कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक लिमिटेड आदि परेकाछन् ।


 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update