Kath khabar
बाबुराम भट्टराईलाई पुनः कोभिड संक्रमण


काठमाडौं, माघ १२। जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत आफूलाई कोभिड पोजेटिभ भएको कुरा जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ, 'सतर्कताका बाबजुद कोभिड-१९ ले पुन: संक्रमण गरेको छ। लक्षण सामान्य छ।'

उहाँले केही समय यता सम्पर्कमा आउनुभएकाहरूलाई सतर्क रहन अनुरोध गर्नुभएको छ। उहाँ केही दिन आइसोलेसनमा रहने जानकारी गराउँदै  असुविधाका निम्ति क्षमा माग्नुभएको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update