२० हजार तीन सय ५९ जनामा परिक्षण गर्दा आठ हजार चार सय ५४ जनामा कोरोना पुष्टि
५ जनाको मृत्यु, चार हजार चार सय ३३ जना संक्रमणमुक्त
काठमाडौं, माघ १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार चार सय ५४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल २० हजार तीन सय ५९ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार छ सय ७२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार हजार चार सय ३३ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८ १७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय