Kath khabar
फुटबलका पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं, माघ १३। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको प्रमाणित भएपछि अख्तियारले खड्काविरुद्ध मुद्दा दायर गरेको हो । नक्कली प्रमाणपत्र देखाएर नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई आफू समेतलाई लाभ हुने बदनियत राखेको कसुरमा उहाँ दोषी ठहर भएकाले बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षक रहनुभएका उहाँ नेपालका सर्वाधिक गोलकर्ता समेत हुनुहुन्छ ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update