Kath khabar
बालाजु औद्योगिक क्षेत्रभित्र ग्यास बुलेटमा च्यापिएर मृत्यु

काठमाडौं, माघ १३। काठमाडौं महानगरपालिका १६ बालाजु औद्योगिक क्षेत्रभित्र दुई वटा ग्यास बोक्ने बुलेटको बिचमा च्यापिएर एनएल ०२ क्यू ३७२९ नम्बर बुलेटका चालक भारत कलकत्ता घर भएका ४५ वर्षीय दिलिप राजवंशीको बिहीबार बिहान मृत्यु भएको  छ ।  

औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास कम्पनीको अगाडि ग्यास अनलोड गरी पार्किङ गरी राखेको एनएल ०२ क्यू ३७२० नम्बर र एनएल ०२ क्यू ३७२९ नम्बरको बुलेटमा च्यापिएर राजवंशी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

एनएल ०२ क्यू ३७२० नम्बरको गाडी चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update