काठमाडौं, वैशाख २९ । अहिले पूर्व पञ्चहरुको पार्टि राप्रपाले आफु एकिकृत भएको र जनता अन्य राजनीतिक दलका गतिविधिबाट निरास भएको हुदा राजतन्त्रको पूर्नस्थापना, हिन्दू धर्मको कार्डबाट राजनीतिक मैदानमा स्पेस बढ्छ की भन्ने आस गरेको छ । देशभित्रका राजनीतिक शक्तिको बहुमत यो संसदको निरन्तरता चाहदैन्न । नेपाली कांग्रेस, एमाले जनता समाजबादी पार्टि नेपाल राप्रपा अर्लि इलेक्सन चाहन्छन् भने माओवादी, माधव नेपाल समुह लगाएत साना पार्टि मात्र चुनावको विरोध गरिरहेका छन् ।
एम सि सी पास गर्ने लगाएत अन्य कतिपय स्वार्थ वर्तमान संसदले पुरा नगरी दिएकोमा नेपालको राजनीतिमा निर्णायक शक्ति मानिएका भारत, युरोपिएन युनिएन तथा अमेरीका लगाएतका विदेशी शक्ति पनि यो संसद भंग होस भनेर लागी परेका छन् । संसदले पूरा आयु नबाँच्ने त पक्का छ मात्र फैसला हुन बाँकि भनेको त ओलीको कि देउवाको नेतृत्वमा चुनावभन्ने हो ।
प्रधानमन्त्री के पि शर्मा ओलीले संसदमा यही वैशाख २७ गते विश्ववासको मत लिने निर्णय गरेपछि नेपालको राजनीति तरङगित बनेको छ । अरुको राजनीति हेरेर प्रतिक्रिया दिने औसत नेपाली राजनितिज्ञ भन्दा फरक राजनैतिक व्यक्तित्व बनाएका ओलीले एक तिरले दुई निसाना साधेँको देखिन्छ । विश्ववासको मतको मार्फत उहाँले आफ्नो पार्टिको माधव समुहसगँको सम्वन्धको छिनोफानो र आफ्नो बहुमत कायम नभए आगामी मंसिरमा चुनाव हुने उहाँको इरादा स्पस्ट देख्न सकिन्छ ।
एक पछि अर्काे राजनैतिक निर्णय लिदै आफ्ना विरोधीलाई चक्मा दिँदै आएका ओलीले अकस्मात किन यति ठुलो निर्णय लिए भनेर घोत्लीन बाध्य बनाएको छ । ओलीको पछिल्लो कदमले उहाँका विरोधी त्रस्त छन् भने उनका समर्थक जिल्लीएका छन् ।
विश्ववासको मत लिने प्रधानमन्त्री ओलीको निर्णयले सबैभन्दा तरङगित माओवादी केन्द्र बनेको छ । एकिकृत पार्टि हुँदा नै माधव नेपाललाई साथमा लिएर पार्टि र सत्ताको वागडोर समाल्न तम्सीएका पुष्पकमल दाहाल प्रचण्ड संसद विघटन् देखि संसदको पुर्नस्थापना हुँदासम्म पनि ओली सरकारलाई दिएको समथर्न फिर्ता नलिएका आज फिर्ता लिन बाध्य भएका छन् ।
दिनहु अनेकौ उपमा दिदै ओलीलाई सत्तोसराप गरेका प्रचण्डले ओली सरकारको कुर्सीको एउटा खुट्टा समाएर कुँई कुँई गर्नुको कारण संभावित चुनावको भयले नै हो । आज चुनाव नहोस् भनेर उहाँले नानीदेखिको बल लगाइ राख्नु भएको छ छ । कुनैबेला देशको ठुलो पार्टि माओवादी केन्द्र, गत स्थानिय चुनावको नतिजादेखि झस्कीएको छ ।
आज माओवादीलाई कसैको बुई नचडिकन नेपाली राजनीतिक मैदानमा खडा हुन सक्छु भन्ने विश्ववास नै छैन । गत स्थानिय चुनावमा नेपाली कांग्रेससँगको तालमेलका बावजुद जम्मा ५ जिल्लामा प्रथम स्थान हासील गर्न सफल माओवादी केन्द्र संसद र प्रदेशको वामा ने क पा- एमाले) सँग चुनावी तालमेल पछि मात्र बौरीन सकेको हो ।
एमालेसँग आधा आधा समय प्रधानमन्त्री बन्ने उधारो संझौता गरेर पार्टि एकता गरेका प्रचण्डलाई ओली्ले पेल्दै गएपछि माधव नेपालसंग मिलेर संघर्स गर्दा गर्दै अदालतले पूुर्व पार्टिको हैसियतमा पुराएपछि छाँगाबाट खसेका जस्ता भएका छन् । पार्टिको पुर्नस्थापना पछि माओवादी केन्द्रको साँगठनीक अबस्था खलबलिएको छ ।
केन्द्रमा प्रभावशाली नेता ओलीतिर लाग्नु र ग्रास रुटमा कयौँ कार्यकर्ता पलाएन हुँदा माओवादी केन्द्र गत स्थानिय चुनावको ताका जस्तो पनि तन्दुरुस्त छैन । विगतमा अनेक राजनीतिक मुद्दा उठाएको माओवादी आज एमाले भन्दा के फरक भन्ने विषयमा तर्क दिन सक्ने ठाउँमा छैन । सांगठानिक र राजनैतिक दुवै हिसाबले माओबादी केन्द्र संभावित चुनाव टार्न सबै हतकण्डा अपनाउन बाध्य भएको छ ।
ओलीको सबैभन्दा आलोचक भएर पनि सरकारको समथर्न फिर्ता गर्न ओलीले बाध्य नपार्दा सम्म हिच्किचाउने माओवादी केन्द्र शेर बहादुर देउवाको पक्षमा बहुमत नजुटे माधब नेपाललाई प्रयोग गरेर ओली सरकारको निरन्तरता चाहन्छ । माओवादीलाई संभावित अर्लि इलेक्सन टाउको माथि झुन्डिएको तरवार सावित भएको छ । ओली सरकारलाई औपचारिक रुपमा विश्वासको मत दिन नसकेपनि चुनाव भन्दा ओली सरकारले नै विश्वासको मत पाओस भन्ने नै माओवादी केन्द्रको कामना छ ।
ओलीको विस्वासको मत लिने निर्णयले एमालेकै माधव झलनाथ समुहलाई संकटमा धकेलिदएको छ । माधव समुहका दोस्रो पुस्ताका प्रभावशाली नेताका अनुनय विनय तथा दौडधुपले त्यो समुहको वास्वविकता देखाएको छ ।
एउटै पार्टिमा बसेर समानान्तर गतिविधी गरेर ओलीलाई चिडाउने राजनीति गरेका माधव समुहलाइ अब कित्ता क्लिएर गर्न पर्ने बाध्यता आइपरेको छ । राजनीतिक मुद्दाभन्दा पनि पद र स्वार्थका कारण अलग समुह बनाइ बसेका माधव झलनाथ समुहलाई कि ओलीका अगाडि झुक्नपर्ने वा राजनैतिक सामुहिक आत्महत्या गर्नुपर्ने झमेलामा फसेका छन् । अलग राजनीतिक पार्टि बनाउदा २०५४ सालको बामदेव बनिने, माओवादीसँग एकता गर्दा स्वंय माओवादी को कमजोर सांगठनिक अवस्था र आम ग्रास रुटका कार्यकर्ता एमाले मै रहने हुँदा माधव समुहलाई ओलीले फेस सेभ गरिदिए हुन्थ्यो भन्ने नै छ ।
विश्वासको मत बिना सर्त दिदा लोकलाज हने, विपक्षमा मतदान दिदा कारवाही हुने र बहुप्रचारीत संसदबाट सामुहिक राजिनामा दिँदा राजनीति नै सकिने हुँदा यो समुह ओलीले कुनै उपाए लगाएर उद्धार गरोस भन्ने चाहन्छ । समकालिन राजनितिमा प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रसका सभापति शेर बहादुर देउवाले फुकि फुकि पाइला चालिरहनु भएको छ । विगतमा सत्तालिप्साको उपमा पाएका देउवा अहिले भने परिपक्क निर्णय र स्टेप चालिरहनु भएको छ ।
आफ्नै पार्टिका नेताको दवाब झेलेर भएपनि उनी संयम देखिने प्रयासमा छन् । संसदको अंक गणितमा कमजोर उपस्थीति, जनता समाजवादी नेपाल र माओवादी केन्द्र जस्ता अस्थिर राजनैतिक सक्तिसँगको सहकार्य ले फाइदा भन्दा बेफाइदा देखेका देउवा अर्लि इलेक्सनको पक्षमा छन् ।
कोभिडको कारण तहसनहस भएको अर्थतन्त्रलाई समाल्दै आफ्नो नेतृत्वमा चुनावमा जाँदा अपजसको भारी बोक्नुपर्ने हुँदा कम्युनिस्ट शक्ति क्षतविक्षत भएको बेला ओली ले चुनाव गराउने ग्यारेन्टी भए उहाँलाई चुनाव हुँदा फाइदा नै छ । २०७४ को संसदिय चुनावमा दुइटा कम्युनिस्ट पार्टि मिल्दा धेरै ठाँउमा झिनो मतन्तरले पराजित कांग्रेस आगामी चुनावमा सके बहमत नभएपनि ठुलो पार्टि बन्ने देउवाको आंकलन छ ।
साथै देउवाले अहिले देशको प्रधानमन्त्री भन्दा कांग्रेसको सभापति पदलाई प्राथमिकता दिनु भएको छ । पार्टिभित्र विकल्परहित नेतृत्व नभैकन प्रधानमन्त्रीको प्रभावकारीता हुँदैन भन्ने हिजका उहाँका आफ्नै अनुभव तथा वर्तमान प्रधानमन्त्री ओलीको अबस्थाबाट परिचित उहाँ पार्टिको नेतृत्व हत्यायपछि मात्र देशको सर्वशक्तिशाली कार्यकारी पदमा उक्लने उहाँको रणनीति देखिन्छ । देउवा आइलागे आफ्नो नेतृत्वमा चुनाव नभए ओली कै नेतृत्वमा भएपनि आगामी मंसीरमा चुनाव होस भन्ने चाहन्छन भन्ने कुरा छर्लङ्घ नै छ ।
जनता समाजवादी पार्टीमा उपेन्द्र यादव र महन्त ठाकुरविच पार्टि नेतृत्वमा कसले बाजी मार्ने लडाँई छ । उपेन्द्र यादब ओलीसँग केहि समयअघि मात्रै अन्तरविरोध भएर सरकार छोड्नुपरेको हुँदा देउवाको नेतृत्वमा सरकारमा सहभागी हुन चाहनु हुन्छ भने महन्त ओलीको नेतृत्तमा भएपनि सरकारमा जान चाहनु हुन्छ । दुबैको उद्देश्य आगामी चुनावमा सत्ताको दुरुपयोग गरी चुनावमा प्रभाव पार्ने हो ।