Kath khabar
ललितपुरमा भेरोसेल खोपको अभावको कारण बुस्टर डोज लगाउने कार्यक्रम स्थगित

ललितपुर, माघ १४। ललितपुर महानगरपालिकाले भेरोसेल खोपको अभाव भएको भन्दै माघ १४ देखि १७ गतेसम्म ६० वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने बुस्टर डोज कार्यक्रम हाललाई स्थगित गरेको छ ।

महानगरले माघ १४ देखि माघ १७ गतेसम्म कोभिसिल्ड र भेरोसेलको बुस्टर डोज लगाउने भन्दै सूचना प्रकाशित गरेको थियो। तर नेपाल सरकारबाट भेरोसेलको बुस्टर डोज उपलब्ध नभएका कारण बाध्यतावश हाललाई भेरोसेलको बुस्टर डोज लगाउन स्थगित गरिएको कुरा उक्त सूचनामा उल्लेख गरिएको छ । महानगरले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुरा भएका ६० वर्ष भन्दा माथिका व्यक्तिहरुले आ-आफ्नो वडामा गई कोभिसिल्डको बुस्टर डोज लगाउन अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update