Kath Khabar
जाल्पा सामुदायिक लघुवित्तले पाँच करोड २२ लाख रुपैयाँको आइपिओ जारी गर्ने


काठमाडौं, माघ १४ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले पाँच करोड २२ लाख रुपैयाँको साधारण शेयर अर्थात आइपिओ जारी गर्ने भएको छ । संस्थाका अनुसार यही माघ २१ गतेबाट बिक्री प्रर्वद्धक प्रभु क्यापिटल मार्फत एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच लाख २२ हजार कित्ता साधारण शेयर जारी गर्न लागिएको हो ।

कुल शेयर मध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात आठ हजार कित्ता शेयर संस्थामा कार्यरत कर्मचारीहरूको लागि र पाँच प्रतिशत अर्थात २६ हजार एक सय कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको छ। यस बाहेक बाँकी रहेको चार लाख ८७ हजार नौ सय कित्ता शेयर सर्वसाधारण बिक्री गरिने संस्थाले जनाएको छ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम पाँच हजार दुई सय २० कित्तासम्मको शेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।

अधिकृत पुँजी २५ करोड रुपैयाँ रहेको संस्थाको जारी पुँजी १६ करोड रुपैयाँ रहेको छ। आइपिओ जारी गरे पश्चात संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ नै पुग्ने छ । शेयर बिव्रmी कार्य छिटोमा यही माघ २५ गते र ढिलोमा फागुन छ गते बन्द हुने संस्थाले जनाएको छ ।  


 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update