Kath khabar
१९ हजार आठ सय ६९ जनामा परिक्षण गर्दा छ हजार आठ सय २७ जनामा कोरोना पुष्टि

काठमाडौं, माघ १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा छ हजार आठ सय २७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल १९ हजार आठ सय ६९ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार छ सय ९७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच हजार चार सय ३५ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार नौ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

काठमाडौं उपत्यकामा थपिए दुई हजार नौ सय ४० जना संक्रमित
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप दुई हजार नौ सय ४० जना संक्रमित भएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा दुई हजार एक सय ५३, ललितपुर जिल्लामा पाँच सय १९ र भक्तपुर जिल्लामा दुई सय ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update