Kath khabar
स्पाइसी चाउचाउबाट फस्टाएको अकबरे खुर्सानीको व्यापार

काठमाडौं, माघ १४ । पछिल्लो समय सबै उमेर समुहका उपभोक्ताहरुमाझ स्पाइसी चाउचाउ निकै नै लोकप्रिय भएको छ । यो चाउचाउमा प्रयोग हुुने अकबरे खुर्सानी कै कारण हुन सक्छ, स्वदेश तथा विदेश सबै ठाउँमा यसको माग बढ्दै गएको छ ।

यो चाउचाउमा माग बढ्दै जाँदा अकबरे खुर्सानीको माग पनि निकै बढेर गएको छ । विदेशमा पनि अकबरे खुर्सानीको उत्पादन हुन्छ तर नेपालको तुलनामा कम उत्पादन हुने हुँदा नेपालको अकबरे खुर्सानीको माग बढ्दै गएको छ । स्पाइसी चाउचाउ नेपालमा भन्दा विदेशमा उच्च दरमा किनबेच हुने गरेको छ । यसले गर्दा नेपालमा अकबरे खुर्सानीको व्यापार राम्रो फस्टाउन थालेको छ । स्पाइसी चाउचाउ भन्ने बित्तिकै अकबरे खुर्सानीको छुट्टै स्वाद आउने र यसले स्वास्थ्यमा पनि खासै खराब नगर्ने हुनाले मानिसहरूले यसलाई धेरै रुचाएको पाइन्छ ।

यसलाई प्रायःले खाजाको रुपमा खाने गरेका छन् । हाल नेपालमा अकबरे खुर्सानीको माग धेरै भएकोले गर्दा यसको व्यवसायीक खेती गर्न किसानहरूले रुचि देखाएका छन् । बजारमा अकबरे खुर्सानीको माग राम्रो भएकोले यसको खेतीमा किसानहरु पनि पछिल्लो समय सन्तुष्ट देखिएका छन् । पहिलेको तुलनामा अहिले धेरै नेपाली युवाहरूले कृषि पेशामा रुचि देखाएका छन् । आम्दानी पनि हुने र स्वदेशमै रोजगारी पाइने हुनाले कृषि पेशामा युवाहरु लाग्न थालेका छन् ।

त्यसमाथि पनि पछिल्लो समय युवाहरू अकबरे खुर्सानीको व्यवसायीक खेतीमा आर्कषित हुुन थालेकाछन् । कोभिड १९ का कारण हजारौंको संख्यामा युवाहरू बेरोजगार भएको अवस्थामा युवाहरूलाई आफ्नै देशको स्वरोजगार बनाउन अकबरेको खुर्सानीको व्यवसायीक खेती बलियो र भरपर्दो विकल्प बन्न सक्छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update