नेपाल र मरिससबीचको खेल शुरु
काठमाडौं, माघ १५। कोभिड-१९ को संक्रमणका बीच नेपालले आज शनिबार पहिलोपल्ट अफ्रिकी टिमविरुद्ध औपचारिक रूपमा प्रतिस्पर्धा गर्दैछ । महामारीको कारण सरकारले सार्वजनिक स्थलमा २५ जना बढी भेला हुन निषेध गरेपनि दशरथ रंगशालामा नेपाल र मोरिससको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एकतिहाइ करिब ५ हजार दर्शक प्रवेशका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई स्वीकृति दिएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अहिले अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मरिससविरुद्ध खेलका लागि किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गर्नुभएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ४ः४५ बजे शुरु भएको छ ।
प्रकाशित मिति: शनिबार, माघ १५, २०७८ १७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय