Kath Khabar
१४ हजार पाँच सय ६२ जनामा परिक्षण गर्दाँ चार हजार नौ सय पाँच जनामा संक्रमण पुष्टि



काठमाडौं, माघ १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा चार हजार नौ सय चार जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल १४ हजार पाँच सय ६२ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप छ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार सात सय तीन पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच हजार नौ सय २४ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ८७ हजार तीन सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update