काठमाडौं, माघ १६। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ शिवपुरी चोकस्थित सडकमा बा६५प ५३५२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका अत्तरखेल बस्नुहुने भारत बिहार घर भएका ३८ वर्षीय बिरेन्द्र महतोको शनिबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उहाँको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-९ नलिन्चोकस्थित सडकमा बा ५ ख ३०२० नम्बरको बसले बा ७० प ९१३८ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार भक्तपुर नलिन्चोक बस्नुहुने दोलखा गौरीशंकर गाउँपालिका ५ डाँडागाउँ घर भएका ४० वर्षीया गंगा बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका १ रुपनीस्थित सडकमा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरका चालक सोही ठाउँ बस्नुहुने ४० वर्षीय सत्य नारायण चौधरीको १० वर्षीय छोरा नितेष चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक सहित २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाही, ईश्वरपुर नगरपालिका-१२ बाँके जंगलस्थित सडकमा ना ७ ख ७५३ नम्बरको बसले ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्नुहुने २७ वर्षीय भक्त बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका घारीबथान बस्नुहुने २६ वर्षीय अरुण खड्कालाई गढिमाई अस्पताल लालबन्दी हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज पठाइएको छ भने घाइते भएका बसमा सवार ५ जनाको लालबन्दी मोडेल अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका ४ दग्नाम असिना भीर भन्ने स्थानमा ग १ त ६०४४ नम्बरको ट्याक्टर गएराति दुर्घटना हुँदा ट्याक्टरका सहचालक रोल्पा सुनछहरी गाउँपालिका-३ घर भएका १८ वर्षीय नरजित घर्ति मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।