Kath khabar
म्यान्चेष्टर सिटी इंग्लीस प्रिमियर लिगको च्याम्पियन

बेलायत, वैशाख २९ । म्यान्चेष्टर सिटी, तीन खेल अगावै इंग्लीस प्रिमियर लिगको च्याम्पियन बनेको छ । गएराती भएको खेलमा लेस्टरले दोस्रो स्थानमा म्यानचस्टर युनाइटेडलाइ दुइ एक गोलले पराजित गरेपछि सिटीलाई फाइदा भएको हो ।

लेस्टर सिटीले २३ वर्षपछि ओल्ड ट्राफोर्डमा जीत हात पारेको छ । पाहुना टोली लेस्टरले  दशौं मिनेटमा लुक थोमसको गोल मार्फत अग्रता लिएको  थियो तर उसको अग्रता पांच मिनेट पनि टिकेन । १५ औं मिनेटमा म्यासन ग्रिनउडले गोल गर्दै खेल बराबरी गर्नुभयो । ६६ औ मिनेटमा चालर सुयन्जुले गोल गरेपछि लेस्टरको ओल्ड ट्राफोर्डमा जीत हात पार्ने लामो सम देखीको  प्रतिक्षाको अन्त्य भयो । उसले यसअघि युनाइटेडको मैदानमा सन् १९९८ मा जीत निकालेको थियो ।

युनाइटेड संग २९ लिग भेटमा लेस्टरले जम्मा दुइ खेलमा मात्र जीत हात पारेको थियो । जसमा ओल्ड ट्राफोर्डमा खेलेको शीर्ष डिभिजिनको २२ खेलमा लेस्टर  एक खेलमा मात्र विपयी बनेको थियो । यो संगै युनाइटेडको लिगमा लगातार १४ खेल देखीको अपराजित यात्रा पनि रोकियो । उसले गत २७ जनवरीमा घरेलु मैदानमा शेफिल्ड युनाइटेड संग पराजित भएयता हार बेहोरेको थिएन । यो खेलमा प्रशिक्षक ओले गुनार सोल्जाकरले  दुइ दिन अघि एस्टन भिल्लालाइ पराजित गरेको टिममा दश परिवर्तन गर्नु भएको थियो । लेस्टरले युनाइटेडलाइ हराएपछि म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बनेको हो । सिटीले चार सिजनमा तेस्रो पटक उपाधी उचालेको हो । 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update