Kath Khabar
शेयर बजारमा आयो उछाल


काठमाडौं, माघ १६ । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन आज आइतबार नेप्से एकै दिन एक सय पाँच दशमलव ५५ अंकले बढेर २८ सय ८५ दशमलव ५३ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि १९ दशमलव ८१ अंकले बढेर पाँच सय ३८ दशमलव ५३ अंकमा पुग्न सफल भएको छ । दुई सय ३१ वटा कम्पनीहरूको ८१ हजार सात सय छ पटकको कारोबारमा एक करोड २१ लाख ५५ हजार चार सय ३२ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कुल कारोबार रकम छ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । सो मध्ये वाणिज्य बैंक, फाइनान्स, जलविद्युत, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज वीन लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रो पावर लिमिटेड, शिवश्री हाईड्रो पावर लिमिटेड आदिको शेयर मूल्य बढेकाछन् भने एनआईसी एशिया सेलेक्ट फन्ड, सिटिजन्स म्युचुअल फन्ड आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज अपी पावर लिमिटेड, अरुण भ्याली हाइड्रो पावर कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनी आदि परेकाछन् ।

 

 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update