थप तीन हजार पाँँच सय ४० जनामा कोभिड १९ को संक्रमण पुष्टि
१२ जनाको मृत्यु, छ हजार तीन सय ५९ जना संक्रमणमुक्त
काठमाडौ, माघ १६ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार पाँँच सय ४० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल १३ हजार एक सय ४५ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप छ हजार तीन सय ५९ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ८३ हजार नौ सय ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८ १७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय