स्पेन, वैशाख २९ । बार्सीलोनाले, स्पेनिस लिग ला लिगाको शीर्ष स्थानमा उक्लने सुनौलो मौका गुमाएको छ । गएराती भएको खेलमा बार्सा लेभान्टे संग तीन तीन गोलको बराबरीमा रोकियो ।
लियोनल मेसीको टोलीले दुइ शुन्यको अग्रता जोगाउन सकेन । २५ औं मिनेटमा मेसीले गोल गर्दै बार्सालाइ घरेलु टोली विरुद्ध अग्रता दिलाउनु भएको थियो । यो सिजन सवै प्रतिस्पर्धामा गरी मेसीको क्लबका लागि यो ३७ औं गोल हो । ३४ औं मिनेटमा पेड्रिले अग्रता दोब्बर बनाएपछि बार्सा पहिलो हाफमानै दुइ शुन्यले अघि थियो । तर, लेभान्टेले खेलमा उत्कृष्ट पुनरागमन गर्यो ।
५७ औ मिनेटमा गोन्जालो मेलेरोले बार्सा संगको दुरी दुइ एकमा झारे। त्यसको दुइ मिनेट पछि होसे लुइस मारालेसले बराबरी गोल फर्काउनु भयो । ६४ औं मिनेटमा उस्मान डेम्बेलेले फेरी बार्सालाइ तीन दुइको स्थितीमा पुर्याउनु भएको थियो । तर ८३ औं मिनेटमा लेभान्टेका सर्जियो लियोनले गोल गरेपछि बार्सा तीन अंक जोड्न असफल भयो । यो नतिजाले बार्सालाइ शीर्ष स्थानमा पुग्न बाट चुक्यो ।
दोस्रो स्थानमा उक्लिएको बार्साको ३६ खेलबाट ७६ अंक छ । जुन लिग लिडर एट्लेटिको मड्रिड भन्दा एक अंकले पछि हो । तर, एट्लेटिकोले बार्सा भन्दा एक खेल कम खेलेको छ । तेस्रो स्थानको रियालको ३५ खेलबाट ७५ अंक छ ।