काठमाडौं, माघ १७ । नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ । मिर्गाैला रोगबाट ग्रसित उहाँको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिनुभयो ।
डा थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील हुनुहुन्थ्यो । थापाले केही समयअघि दुई वटै मिर्गौला प्रत्यारोपण गराउनु भएकाे थियाे । उहाँ नेकपा एमालेबाट अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गर्नुभएका नेता डा थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।