
काठमाडौं, माघ १७। नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने १४ दशमलव ४८ अंकले घटेर २८ सय ७१ दशमलव पाँच अंकमा खुम्चिएको छ भने सेन्सिटिभ पनि शून्य दशमलव शून्य आठ अंकले घटेर पाँच सय ३८ दशमलव ४५ अंकमा खुम्चिएको छ । आज दुई सय २५ वटा कम्पनीहरूको ६९ हजार सात सय ७० पटकको कारोबारमा एक करोड एक लाख पाँच हजार छ सय ६९ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब १५ करोड ४१ लाख ७७ हजार पाँच सय ९८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकाछन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक र सामूहिक लगानी कोष सहितका १० वटा समुहहरूको सूचक घटेकाछन् भने लघुवित्त, अन्य र लगानी सहितका तीन वटा समुहहरूको सूचक बढेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, वीन लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रो पावर लिमिटेड आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा माउन्टेन हाइड्रो पावर नेपाल लिमिटेड, पञ्चकन्या माई हाइड्रो पावर कम्पनी, प्रोग्रेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपरतामाकोसी हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम आदि परेकाछन् ।