Kath khabar
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई अनलाइन सपिङ्ग बजेट पसल डट कममा विशेष छुट


काठमाडौं, माघ १७। मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौं उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डट कमसँग व्यवसायिक सम्झौतामा हस्ताक्षर गरेको छ । बजेट पसल डट कम द्धारा केही किल्कबाट नै सजिलै विभिन्न सामाग्रीहरू जस्तै खाद्य वस्तुहरू, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामाग्री, घरेलु सरसफाइ, सुन्दरताका सामाग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिने छ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ । 

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैङ्किङ ग्राहकहरूले बजेट पसलबाट तीन हजार रुपैयाँ भन्दा बढिको सामान अनलाइन खरिद र भुक्तानी गर्दा पाँच प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको  एटिएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिसकल बैङ्किङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update