१७ हजार छ सय ७४ जनामा परिक्षण गर्दा पाँच हजार पाँच सय ८३ जनामा संक्रमण
नौ जनाको मृत्यु, आठ हजार दुई सय ६७ जना संक्रमणमुक्त
काठमाडौं, माघ १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार पाँँच सय ८३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल १७ हजार छ सय ७४ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार सात सय ५२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप आठ हजार दुई सय ६७ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ७४ हजार छ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८ १९:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय