लगनखेलमा साइकल लेनमा नै सवारी पार्किङ
ललितपुर, माघ १९। ललितपुर महानगरपालिकाले महानगरभित्रका केही सडकलाई साइकल मैत्री सडक घोषणा गरेको भएपनि साइकल लेनमा नै सवारी पार्किङ गर्ने क्रम बढेको छ ।
महानगरले सडकको छेउमा फुटपाथसँगै साइकलकै चिन्ह दिएर साइकल लेन बनाएको छ । तर लेन बनाएपनि ललितपुर नगर प्रहरीको फितलो अनुगमन तथा सवारी चालक एवं सडक प्रयोगकर्ताहरू समेतको हेलचेक्र्याइँका कारण साइकल लेन सम्बन्धी व्यवस्था पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेको हो ।
साइकल लेन अंकित भएका केही चित्रहरू मेटिइसकेको, केही चित्र सडकको धुलो छोपिएर नदेख्ने भएको र देखिने चित्रमा पनि सार्वजनिक एवं निजी सवारीहरू रोकिँदा ललितपुरको साइकल मैत्री सडक बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड जस्तै भएको छ ।
साईकल लेनमा रोकिएका केही सवारीसाधनहरु
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८ १२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय