Kath khabar
तान्जानियाको सभामुखका महिला नेतृ निर्वाचित


 तान्जानिया,माघ १९। तान्जानियाको सभामुखका ४५ बर्षिया महिला नेतृ निर्वाचित हुनुभएको छ । तत्कालि उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित हुुनुभएको हो । उहाँ देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्छ । 
तत्कालिन सभामुखले सरकारद्धारा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उहाँले राजिनामा दिनुभएको थियो । उहाँको ठाउँमा अक्सन निर्वाचित हुनु भएको हो । 

नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी (सिसिएम) पार्टीकी नेतृ हुनुहुन्छ ।उहाँ तान्जानियाको आठौं सभामुख हुनभएको छ । महिला नेतृबाट सभामुख निर्वाचित भएको भने यो दोस्रो पटक हो ।  
पूर्वी अफ्रिकी मुलुक तान्जानियाको सभामुखमा निर्वाचित भएपछि अक्सनले संसदलाई चलायमान र सवैको साझा थलोका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाउनु भयो ।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update