थप तीन हजार छ सय ३७ जनामा कोभिड १९ को संक्रमण पुष्टि
१२ जनाको मृत्यु, सात हजार पाँच सय ५५ जना संक्रमण मुक्त
काठमाडौं, माघ १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार छ सय ३७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल ११ हजार पाँच सय ८२ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप सात हजार पाँच सय ५५ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ६९ हजार दुई सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८ १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय