Kath Khabar
रुस युक्रेनबीच युद्धको सम्भावना खारेज गर्न आग्रहसहित शान्ति समाजद्वारा प्रदर्शन

काठमाडौं, माघ २०। रुस र युक्रेनबीच बढ्दो तनाव अन्त्य गर्न, युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रह सहित मानव अधिकार तथा शान्ति समाजले २०७८ माघ २० गते रूपन्देही जिल्लास्थित बुटवलको चौराहामा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्ध टार्ने कुटनीतिमा जोड दिँदै युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रदर्शनमा रुस र युक्रेनलाई युद्ध रोक्न शान्ति प्रवर्द्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न आग्रहसहित युद्धमा कसैले पनि जित्दैनन् पराजित केवल मानवता हुने गर्छ, युद्धमा सबैको  क्षय हुन्छ, शान्ति मा सबैको जय हुन्छ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । बिहान ११ बजेदेखि आधा घण्टासम्म गरिएको प्रदर्शनमा शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरुको सहभागिता थियो ।


 

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update