
काठमाडौं, माघ २० । नेप्से ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से १४ दशमलव ५८ अंकले घटेर २८ सय ७६ दशमलव ७५ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव २६ अंकले घटेर पाँच सय ३९ दशमलव ६४ अंकमा सीमित हुन पुगेको छ । आज दुई सय २४ वटा कम्पनीहरूको एक लाख आठ हजार तीन सय ६५ पटकको कारोबारमा एक करोड ५७ लाख ८० हजार सात सय १३ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कारोबार रकम आठ अर्ब ६१ करोड २१ लाख ७४ हजार एक सय ६२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा ट्रेडिङ, होटल तथा पर्यटन, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहको सूचक घटेकाछन् भने जलविद्युत र निर्जीवन बीमा समुहको सूचक बढेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज वीन लघुवित्त वित्तीय संस्था, साहस ऊर्जा लिमिटेड, अरुण भ्याली हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, आरएमडिसी लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, विजय लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज अरुण भ्याली हाइड्रो पावर कम्पनी, अपि पावर लिमिटेड, अरुण कावेली पावर लिमिटेड आदि परेकाछन् ।