Kath khabar
सात लाख रुपैयाँ भन्दा बढीको कारोवार बिवरण पठाउन बैंकहरुलाई निर्देशन

काठमाडौं, माघ २०। नेपाल राष्ट्र बैंकले सात लाख रुपैयाँ भन्दा बढीको कारोबार विवरण पठाउन बैंकहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले सबै वाणिज्य बैंकहरूलाई पत्राचार गर्दे सात लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार विवरण विभागमा पठाउन लिखितरूपमा निर्देशन दिएको हो ।

विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको बारेमा स्थलगत निरीक्षण गर्ने गरेको र सोही प्रयोजनको लागि विवरण माग गरेको हो ।

 

 

 

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update