थप तीन हजार एक सय ७५ जनामा कोभिड १९ को संक्रमण पुष्टि
१४ जनाको मृत्यु, आठ हजार सात सय २३ जना संक्रमणमुक्त
काठमाडौं, माघ २०। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार एक सय ७५ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल १२ हजार छ सय पाँच वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार सात सय ७८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप आठ हजार सात सय २३ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ६३ हजार दुई सय ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८ १७:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय