काठमाडौं, माघ २१। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गएरातिदेखि देशभर वर्षा भएको छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ र असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
आज रातीदेखि बागमती प्रदेशमा पनि वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनेछ। देशका उच्च पहाडी तथा हिमाली भू.-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
शनिबार देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना मौसम पूर्वानुमन महाशाखाकाले जनाएको छ ।