Kath Khabar
शेयर लगानीकर्ताहरूलाई अवसर : जाल्पा सामुदायिक लघुवित्तको साधारण शेयरको बिक्री खुल्ला

काठमाडौं, माघ २१। साधारण शेयरमा लगानी गर्नेहरूको लागि अवसर आएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले माघ २१ गते अर्थात आज शुक्रबारबाट शेयर बिव्रmी कार्य खुल्ला गरेपछि लगानीकर्ताहरूले यस्तो अवसर पाएका हुन् ।

संस्थाले पाँच करोड २२ लाख रुपैयाँ बराबरको पाँच लाख २२ हजार कित्ता साधारण शेयरको बिक्री खुल्ला गरेको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आजबाट बिक्री खुल्ला भएको कुल साधारण शेयरमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता शेयर संस्थामा कार्यरत कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् २६ हजार एक सय कित्ता शेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको चार लाख ८७ हजार नौ सय कित्ता शेयर सर्वसाधारणको लागि छुट्याएको छ ।

खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम पाँच हजार दुई सय २० कित्तासम्मको शेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी २५ करोड, जारी पुँजी १६ करोड रुपैयाँ रहेको संस्थाको साधारण शेयरको बिक्री पश्चात् भने संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ नै पुग्नेछ । शेयर बिक्री कार्य छिटोमा यही माघ २५ गते र ढिलोमा फागुन छ गते बन्द हुने संस्थाले जानकारी दिएको छ ।  

 

 

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update