काठमाडौं, वैशाख २९ । सरकारद्धारा कोरोना संक्रमितको उपचारको लागि प्रयोग हुने रेम्डेसिभर औषधिको मूल्य तोकिएको छ । सरकारले तोके अनुरुप रेम्डेसिभिर भाइलको मूल्य ४ हजार ९ सय रुपैयाँ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइं (एचइडिएमयू) ले कोरोना उपचार गर्ने क्रममा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डेसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरसँग लिनु हुन सरोकारवालाहरुलाई आग्रह गरिएको छ ।
यस्तै मन्त्रालयले रेम्डेसिभिर लिन जाँदा कोरोना संक्रमितको उपचारका लागि हालसम्म कुनै पनि प्रमाणित रुपमा सिफारिस भएको औषधी छैन । कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको निर्देशन सहित औषधी लिन जाने व्यक्तिको परिचय पत्रको प्रमाण सहित आयनमा जान आग्रह गरेको छ ।
आयन हेल्थेकेयर, कुपण्डोल, यूएनपार्कमा रहेको छ । रेम्डेसिभिरका लिनका लागि डा. अबुल अन्सारी ९८५००५५५९१०, सुवास ९८१०१९४४१६, बिमल ९८४१५०६३७० र कमल ९८५११२४६३९, ९८५११२४६३९ मा सम्पर्क गरी खरिद गर्न सकिने छ ।
औषधी व्यवस्था विभागले आयन हेल्थकेयरले पछिल्लो समय बंगलादेशबाट ३ हजार फाइल रेम्डेसिभिर आयात गरेको छ । आयनले वैशाख अन्तिम साता उक्त परिमाणमा रेम्डेसिभिर आयात गरेको हो ।