Kath khabar
थप दुई हजार पाँच सय २६ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौ, माघ २१ ।  तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय २६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल ११ हजार ७३ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 


यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार सात सय ९४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप आठ हजार चार सय २५ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या ५६ हजार चार सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update